रामहरिले बुधबार ओखलढुंगाका कार्यालय प्रमुखहरूसँग छलफल गर्ने
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका नवनिर्वाचित सांसद रामहरि खतिवडाले ओखलढुंगाको योजना र विकासका विषयमा कार्यालय प्रमुखहरूसँग छलफल गर्न लागेका छन् ।
खतिवडाले मंसिर २१ गते बुधबार बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा छलफल राखेको खतिवडाका स्कीय सचिव हुकुम राईले बताए ।
ओखलढुंगाको समग्र विकासको लागि चुनावी प्रतिवद्धताअनुसार जिल्लामा अहिलेसम्म भएका सम्पूर्ण योजनाहरूको प्रगति विवरण र कार्ययोजनाका लागि सम्पूर्ण डिभिजन बप्रमुखहरूसँगको छलफल राखिएको छ ।
कांग्रेस नेता खतिवडाले जनताले आफूसँग विकासको ठूलो अपेक्षा राखेको भन्दै ५ वर्षसम्म आफू दिनरात नभनेर काममा लाग्ने जनाउँदै आएका छन् ।
यसअघि, सोमबार नेता खतिवडाले नेपाल बिद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङसँग भेट गरेर ओखलढुंगाका ७५ वटै वडाका गाउँहरूमा बिजुली पुर्याउन आग्रह गरिसकेका छन् । घिसिङले पनि खतिवडाको मागको सुनुवाई हुने बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया