सरकार बन्ने बेला एमालेका नेता दुर्गा प्रसाइँद्वारा पूर्व युवराज पारस शाहसँग भेटवार्ता

काठमाडौं । एमालेका केन्द्रीय सदस्य एवम् स्वास्थ्य व्यवसायी दुर्गा प्रसाइँले पूर्व युवराज पारश शाहसँग भेटवार्ता गरेका छन् ।

शनिबार काठमाडौंमा पूर्व युवराज शाहसँग एमालेका नेता प्रसाइँले भेटवार्ता गरेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

उनले लेखेका छन्, ‘पूर्व युवराज पारस शाहसँग अर्थपूर्ण भेटघाट ।’

व्यवसायी प्रसाइँले पूर्व युवराज शाहसँग के विषयमा कुराकानी गरेका हुन् केही भनेका छैनन् ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओली निकट मानिने प्रसाइँलाई मेडिकल माफियाको आरोप लाग्दै आएको छ ।

विगतमा माओवादी केन्द्रमा रहेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साथ दिएका प्रसाइँ एमालेको केन्द्रीय सदस्य छन् ।

सामाजिक सञ्जालमा सक्रिय रहेका प्रसाइँले पूर्व युवराज शाहलाई भेटेपछि तरंग ल्याएको छ ।

उनले ओलीको निर्देशनमा भेट गरेका हुन् ? वा आफू खुसी भेट गरेका हुन् केही भनिएको छैन ।

राजनीतिक दलका नेताहरूसँग भेट गर्न नरुचाउने पूर्व युवराज शाहले किन एमालेका नेता प्रसाइँसँग भेट गरेका हुन् ? प्रश्न उठेको छ ।

राप्रपाले राम्रो सिट संख्या जितेको छ । समानुपातिकमा पनि राम्रो भोट पाएको छ ।

एमाले दोस्रो दलमा खुम्चिएको छ । सरकार बनाउने बेला आएको छ । यो बेला प्रसाइँले शाहलाई भेटपछि विभिन्न खड्कलबाजी भएका छन् ।

Published : Saturday, 2022 December 3, 7:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया