लोसपाका नेता भण्डारीले किशुनजीलाई सम्झिए, बाडेगाउँमा अमिताद्वारा स्वागत
ललितपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता शरतसिंह भण्डारीले स्व.कृष्णप्रसाद भट्टराई ‘किशुनजी’को शालिकमा माल्यार्णपण गरेका छन् ।
शुक्रबार भण्डारीले ललितपुरको बाडेगाउँस्थित किशुनजीको शालिकमा माल्यार्णपण गरेका हुन् । महोत्तरी २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका भण्डारीले आफ्ना राजनीतिक गुरु किशुनजीप्रति श्रद्धा व्यक्त गरेका हुन् ।
किशुनजीसँग निकट रहेर राजनीति गरेका भण्डारीले नेपाली कांग्रेस छाडेर मधेश केन्द्रित राजनीतिक दलहरूबाट राजनीति गरेका थिए ।
अहिले पनि लोसपामा रहेका नेता भण्डारीले किशुनजीप्रति आस्था र श्रद्धा राख्छन् ।
आश्रमकी संरक्षक अमिता कपालीले नेता भण्डारीलाई फूलमाला र खादाले स्वागत गरेकी थिइन् ।
लोकसापकी नेतृ निर्जला राउतसँग नेता भण्डारी बाडेगाउँस्थित आश्रम आएका थिए ।


बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया