निगमको जहाजले १५२ यात्रुको सातो लियो, बंगलादेशमा आकस्मिक अवतरण
काठमाडौं । नेपाल वायुसेवा निगमको न्यारोबडी ए ३२० जहाज बंगलादेशमा आकस्मिक अवतरण भएको छ ।
निगमको जहाजमा एक सय ५२ यात्रु सवार थिए । उनीहरू सबै सकुशल छन् । जहाज आकस्मिक रुपमा चटगाउँमा अवतरण गरेपछि यात्रुहरू डराएका थिए ।
काठमाडौंबाट थाइल्यान्डको बैंककका लागि उडेको निगम जहाज बंगलादेशको चटगाउँ अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताएका छन् ।
जहाजमा प्राविधिक समस्या भएको संकेत देखिएपछि बुधबार साँझ ५:१३ बजे बंगलादेशमा आकस्मिक अवतरण गरिएको ठाकुरले बताएका छन् ।
बंगलादेशमा आकस्मिक अवतरणपछि जाँच गरी जहाज पुनः उडान भरेको छ । साँझ ५:४५ मा जहाजले बंगलादेशबाट थाइल्यान्डका लागि पुनः उडान भरेको छ ।
इन्डिकेटरले कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको संकेत गरेको थियो । त्यस्तो संकेत देखिएपछि नजिकैको विमानस्थलमा अवतरण गरेर जाँच गर्नुपर्ने हुन्छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया