सरकारी जग्गा खाली गराउन हिँडेका बालेनलाई प्राधिकरणको बोल्ड कदमले सहयोग
काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले खोला किनारलगायतका जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना ३५ दिनभित्र खाली गर्न निर्देशन दिएको छ ।
बुधबार प्राधिकरणले सार्वजनिक सूचना जारी गरेर अनधिकृत संरचना हटाउन निर्देशन दिएको हो ।
सूचनामा काठमाडौं उपत्यकाभित्रका सरकारी, प्रर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्र खाली गर्न सूचनामा उल्लेख गरिएको छ ।
प्राधिकरणले अनधिकृत संरचना ३५ दिनभित्र नहटाए हटाउँदा लागेको लागतसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने चेतावनी दिएको छ ।
काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती नदी किनार कब्जा गरेर बसेका कथित सुकुम्बासीहरूका संरचना भत्काउन प्रयास गरिरहेका बेला प्राधिकरणले पनि अनधिकृत संरचना हटाउन भनेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया