आईजीपी सिंहको निर्देशन बागलुङ प्रहरीद्वारा कार्यान्वयन, एसपी ज्ञवाली सम्मानित

बागलुङ । जिल्ला प्रकाशन कार्यालय बागलुङले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा शान्ति सुरक्षा बनाएको भन्दै जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख (प्रहरी उपरीक्षक) दयानिधी ज्ञवालीलाई प्रशंसा पत्र प्रदान गरेको छ ।

आइतबार बागलुङमा आयोजित विशेष कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमेश ढकालले एसपी ज्ञवालीलाई प्रशंसा पत्रद्वारा सम्मान गरेका हुन् ।

एसपी ज्ञवालीका नेतृत्वमा प्रहरीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन भूमिका खेलेको भन्दै प्रहरीको मनोबनल बढाउन प्रजिअ ढकालले एसपी ज्ञवालीलाई प्रशंसा पत्र प्रदान गरेका जनाएका छन् ।

यसअघि, शनिबार मात्रै एसपी ज्ञवालीलाई बागलुङका मुख्य निर्वाचन अधिकृत डा. दीवाकर भट्टले शान्ति सुरक्षा मजबुत बनाएको र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको भन्दै एसपी ज्ञवालीलाई प्रशंसा पत्र प्रदान गरेका थिए ।

वैशाख ३० गते स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गरेको भन्दै प्रमुख जिल्ला अधिकारी ढकालले एसपी ज्ञवालीलाई प्रशंसा प्रदान गरिसकेका छन् ।

अघिल्ला निर्वाचनहरूमा बागलुङ जिल्लामा विभिन्न घटना हुने गरेका थिए । एसपी ज्ञवालीले प्रहरीको नेतृत्व लिनेवित्तिकै अपराधका घटना नियन्त्रण भएका छन् ।

निर्वाचनमा बुथ कब्जा तथा अराजकताका घटन नियन्त्रण भएका छन् । एसपी ज्ञवालीले कुनै पनि अप्रिय घटना हुन दिएनन् ।

नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंहको कडा आदेशलाई पालना गर्दै एसपी सिंहले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन निष्पक्ष, भयरहित र धाँधलीरहित बनाउन विशेष भूमिका खेलेका छन् ।

विभिन्न समूहले निर्वाचन बहिस्कारको अभियान चलाएका थिए । त्यो समूहलाई पूर्णरुपमा निगरानी गरेर बागलुङ प्रहरीले निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको छ ।

Published : Sunday, 2022 November 27, 10:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया