समाजसेवी हरि मगरद्वारा बागलुङमा सहयोग, दाताहरूलाई धन्यावाद प्रदान

काठमाडौं । युवा समाजसेवी हरि मगरको नेतृत्वमा रकम संकलन गरेर तेजेन्द्र बुढा मगरको परिवारलाई हस्तान्तरण गरिएको छ ।

विभिन्न समस्या र रोगबाट पीडित तेजेन्द्रको उपचारमा सहयोग गर्न हरि मगरले रकम नेपाल पठाएर सहयोग गरेका हुन् ।

पोर्चुगलमा बस्दै आएका हरि मगरले ‘सेवा नै धर्म’ भन्ने उदेश्यका साथ आफ्नो गृहजिल्ला बागलुङमा सहयोग गर्दै आएका छन् ।

हरिले आफू, आफ्नी पत्नी शर्मिला पुन मगर तथा साथीभाइहरूसँग स–सानो सहयोग रकम जम्मा गरेर ‘तेजेन्द्र बचाउ’ अभियानअन्तर्गत उनको परिवारलाई सहयोग गरेका हुन् ।

अभियानमा अस्मिता भण्डारीले नेपालमा साथ र समर्थन गर्दै आएकी छिन् ।

समाजसेवी हरि मगरले तेजेन्द्रको उपचारका लागि २ लाख ६० हजार बागलुङ पठाएका छन् ।

सो रकम अस्मिता भण्डारी, विमल पुन, सोम पुनसहितले रकम हस्तान्तरण गरेको प्रेस नोटमा उल्लेख छ ।

समाजसेवी हरि मगरले तेजेन्द्र बचाउ अभियानमा आर्थिक सहयोग गर्ने र विभिन्न माध्यमबाट सहयोग गर्ने सबैप्रति धन्यावाद प्रकट गरेका छन् ।

विशेष गरेर हरि मगरले बेलाबेला गृहजिल्ला बागलुङमा आर्थिक संकलन गरेर सहयोग गर्दै आएका छन् ।

सहयोग गर्नेहरूमा कृष्णकाजी, हरि पुन, प्रेम खड्का, सूर्य हमाल, नरेन्द्र हमाल, बिक्रम गौतम, श्री मगर, दुर्गाबहादुर भण्डारी, रविन्द्र पाइजा, बलबहदाुर भण्डारी रहेका छन् ।

एकिन्द्र हमाल, कमल नेपाली, खुमान पुलामी मगर, प्रवेश मगर, कमलशेरपुजा मगर, सुजाता विष्ट, ज्ञानु घर्ती मगर, भुपेन्द्र गुरुङ, दुर्गा थापाले पनि सहयोग गरेका छन् ।

हरि क्षेत्री, महेन्द्र खड्का, माया मगर, दीपु फागमी मगर, महेन्द्र गुरुङ, राजन श्रेष्ठ, अर्जुन थापा, दुर्गा पुन, कुमार जिसी, समिर तामाङ, ईमान हिमदुङ, विष्णु घर्ती मगर, विमल गौतमले पनि सहयोग गरेका छन् ।

पोप काउछा, ओमकार थापा, छिरिङ शेर्पा, विष्णु बस्नेत, तिलक नेपाली, चिन्तु छन्त्याल, चोककुमार मगर, रविन थापा, विवेक रोय, नवीन श्रेष्ठ, धमेन्द्र बुढा, शेखर पुनले पनि सहयोग गरेका छन् ।

अन्जान गिरी, झकाश भण्डारी, पदमबहादुर श्रेष्ठ, रमेश बुढाथोकी, टेकु राना, भूमि सापकोटा, दीपक पुन, सोम शेर्पा, रविन पुन, खुम तरामु मगर, सोवित राना मगर, सोम म्याग्दी मगर, योगेश गाहा, मदन गुरुङ, देव छन्त्यालले पनि सहयोग गरेका छन् ।

आर्थिक सहयोग गर्नेमा केशव बुढा मगर, महेश मगर, नारायनकाजी मगर, बागलुङ समाज पोर्चुगल, केशव केसी, धिरज मगर, छवि पौडेल, रविन घर्ती मगर, सुनिल भण्डारी, शान्ति भट्टराई, रविन थापा, सरकार, ओप्पुलगायत रहेको समाजसेवी हरि मगरले जनाएका छन् ।

Published : Sunday, 2022 November 27, 9:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया