कांग्रेसबाट उम्मेदवार बनेका प्रहरीका पूर्व एसएसपी थापा पराजित

काठमाडौं । नेपाली कांग्रेसबाट प्रदेश सभामा उम्मेदवार बनेका बिक्रम थापा कपिलवस्तु २ प्रदेश सभा १ मा पराजित भएका छन् ।

निर्वाचन आयोगका अनुसार थापालाई एमालेका उम्मेदवार नवराज लामिछानेले ५२२ मतले पराजित गरेका हुन् ।

एमालेका ४९ वर्षीय लामिछानेले २१,१३६ सहित जित हातपारेका छन् ।

कांग्रेसका ६० वर्षीय थापा २०,६१४ मतसहित पराजित भएका छन् ।

कांग्रेसबाट टिकट पाएर प्रदेश सभामा पराजित भएका थापा नेपाल प्रहरीका एसएसपी हुन् । एसएसपी पदबाट अवकास भएपछि थापाले कांग्रेसको राजनीति शुरु गरेका हुन् ।

यसैबीच, गीतेन्द्रमणि शुक्ल (राष्ट्रिय प्रजातन्त्र पार्टी) १४४०, थानेश्वर अर्याल (स्वतन्त्र) ७६१, ताहिर अलि खान (स्वतन्त्र) १७८, जुद्धबहादुर कब्दार (मंगोल नेशनल अर्गनाइजेसन) १३०, देवीराम अर्याल (स्वतन्त्र) ४१ मतसहित पराजित भएका छन् ।

बालमुक्त अहिर (स्वतन्त्र) २३, शिव खनाल (स्वतन्त्र) १२, सुशीलकुमार बस्नेत (स्वतन्त्र) ७, माधुराम न्यौपाने (स्वतन्त्र) ६, मुहम्मद हुसेन चौधरी (स्वतन्त्र) ५ मतसहित पराजित भएका छन् ।

Published : Sunday, 2022 November 27, 10:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया