कपिलवस्तुमा कांग्रेसका सुधाकर पाण्डेय निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार ६७ वर्षीय सुधाकर पाण्डेय प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।

कपिलवस्तु २ प्रदेश सभा २ का उम्मेदवार पाण्डेयले आफ्ना निकटतम् प्रतिद्वन्द्वीलाई ८९१ मतको अन्तरले हराउँदै जित हातपारेका हुन् ।

कांग्रेसका पाण्डेय १४,१८५ मतसहित निर्वाचित भएका छन् ।

एमालेका उम्मेदवार ५८ वर्षीय धर्मबहादुरलाल श्रीवास्तव १३,२९४ मतसहित पराजित भएका छन् ।

त्यसैगरी, अब्दुल रसीद खाँ (जनता समाजवादी पार्टी, नेपाल) ६५५२, दुर्गा चौहान (राष्ट्रिय प्रजातन्त्र पार्टी) १२३०, गयादिन कुर्मी (हाम्रो नेपाली पार्टी) ७२० मतसहित पराजित भएका छन् ।

अब्दुल रब शाह (लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल) ४८७, श्रीप्रकाश पाण्डेय (स्वतन्त्र) २७, दिनेशकुमार पाण्डेय (स्वतन्त्र) २२, कबुतरी बरइनी (स्वतन्त्र) १४, सुखदेव कुर्मी (स्वतन्त्र) ९ मतसहित पराजित भएका छन् ।

Published : Sunday, 2022 November 27, 10:21 am

फेसबुकबाट तपाईको प्रतिक्रिया