कांग्रेसका ‘बागी’ सिंह प्रतिनिधि सभामा निर्वाचित, कांग्रेसकै उम्मेदवार हराए
काठमाडौं । नेपाली कांग्रेसका ‘बागी’ अमरेशकुमार सिंह प्रतिनिधि सभातर्फ निर्वाचित भएका छन् ।
कांग्रेसले टिकट नदिएपछि सिंहले विद्रोह गरेर सर्लाही ४ बाट उम्मेदवारी दिएका थिए ।
सिंहलाई कांग्रेसले बागी बनेर उम्मेदवार नदिन र आधिकारिक उम्मेदवारलाई सहयोग गर्न निर्देशन दिएको थियो । सिंहले अटेर गरेर स्वतन्त्रबाट उम्मेदवारी दिएर निर्वाचित भएका छन् ।
बिहीबार राति सार्वजनिक अन्तिम नतिजाअनुसार सिंहले २० हजार १७ मत ल्याएर विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।
सिंहले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्र कुमारलाई १ हजार ७६५ मतान्तरले पराजित गरेका छन् ।
कांग्रेसका पराजित उम्मेदवार नागेन्द्र कुमारले १८ हजार २५२ मत ल्याएका छन् ।
स्वतन्त्रबाट उठेकी मधुमालाकुमारी यादवले १४ हजार ६२२ मत पाएकी छिन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया