कांग्रेस नेता कृष्णप्रसाद सिटौला झापा ३ बाट पराजित

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका छन् ।

बिहीबार सार्वजनिक भएको अन्तिम नतिजाअनुसार सिटौला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनसँग पराजित भएका हुन् ।

नेता सिटौला झापा ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका थिए ।

राप्रपाका उम्मेदवार लिङ्देनले कांग्रेस नेता सिटौलालाई ३ हजार २ सय ७६ मतान्तरले पराजित गरेका छन् ।

लिङ्देनले लगातार दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा सिटौलालाई हराएका छन् ।

राप्रपाका अध्यक्ष लिङ्देनले ४० हजार ६ सय ४८ मत पाएका छन् । कांग्रेस नेता सिटौलाले ३७ हजार ३ सय ७२ मत प्राप्त गरेका छन् ।

राप्रपाका अध्यक्ष लिङ्देनलाई जिताउन एमालेले साथ दिएको थियो ।

Published : Thursday, 2022 November 24, 5:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया