स्व.खुमबहादुरका छोरा अनुराग दाङबाट निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसका नेता स्व.खुमबहादुर खड्काका छोरा २८ वर्षीय अनुराग खड्का प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।

बिहीबार सार्वजनिक अन्तिम नतिजाअनुसार अनुराग दाङ क्षेत्र नम्बर १ को प्रदेश सभा २ बाट निर्वाचित भएका हुन् ।

कांग्रेसका उम्मेदवार अनुरागले १६ हजार २ सय २२ मत प्राप्त गरेर विजयी भएका हुन् ।

निकतम प्रतिस्पर्धी एमालेका उम्मेदवार कुलबहादुर खत्रीले १३ हजार १ सय ७० मतसहित पराजित भएका छन् ।

कांग्रेसका उम्मेदवार अनुरागले एमालेका उम्मेदवार केसीलाई ३ हजार ५२ मतको अन्तरले पराजित गरेका छन् । ३८ हजार ५ सय ९२ मत खसेको थियो ।

पराजित भएका एमालेका उम्मेदवार केसी लमही नगरपालिकाका पूर्व मेयर हुन् ।

खुमबहादुरको निधनपछि अनुराग राजनीतिमा लागेका हुन् । बुवाकै योगदानको जगमा अनुरागले चुनाव जितेका छन् ।

अनुरागलाई प्रदेश सभाको टिकट दिलाउन उनकी आमा शिला शर्मा खड्का र उप–सभापति पूर्णबहादुर खड्काले विशेष पहल गरेका थिए । दाङ कांग्रेसका आफूभन्दा वरिष्ठ नेताहरूलाई टिकटमा उछिनेर अनुरागले प्रदेश सांसदमा जितेका छन् ।

प्रदेश सांसदमा निर्वाचित भएका अनुराग पार्टीको कुनै पनि जिम्मेवार पदमा छैनन् । उनी महाधिवेशन प्रतिनिधि मात्रै छन् ।

Published : Thursday, 2022 November 24, 4:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया