यी हुन् महेश बस्नेतको शासन ढाल्ने कांग्रेस सभापति थापा, धेरैको जमानत जफत

काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार एवम् भक्तपुरका सभापति दुर्लभ थापाले आफ्ना निकटतम् प्रतिद्वन्द्वीलाई ९५७ मतको अन्तरले पराजित गरेका छन् ।

निर्वाचन आयोगद्वारा बुधबार राति सार्वजनिक नतिजाअनुसार थापाले २४२३९ मतसहित जित हातपारेका छन् ।

थापाका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार महेश बस्नेत २३२८२ मतसहित पराजित भएका छन् ।

नेमकिपाकी अनुराधा थापा मगरले ७१२७, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ४०९८, राप्रपाका मोहन केसीले २५६९ मत पाएका छन् ।

नेपाल आमा पार्टीका ईन्द्रनारायण न्हुछे श्रेष्ठले ८४५, जसपाका दिलबहादुर तामाङले २२३, स्वतन्त्रका उमेश श्रेष्ठले २१३, हाम्रो नेपाली पार्टीका लोकेन्द्र पोखरेलले १९४ मत पाएका छन् ।

स्वतन्त्रका सुर्वण थापाले १६७, राप्रपा नेपालका राजु नापितले १४०, नेपाल विवेकशील पार्टीका शशिबिक्रम कार्कीले १२७, मौलिक जरोकिलो पार्टीका लीलाबहादुर बानियाँले १०२, नेपालका लागि नेपाली पार्टीका राजेश बाडेले ९९ मत पाएका छन् ।

स्वतन्त्रका आनन्द कार्कीले ८२, आमूल परिवर्तन महिसा पार्टी नेपालका शन्तबहादुर लाकाजुले ५७, राष्ट्रिय जनमुक्ति पार्टीका राजु श्रेष्ठले ३०, नेश्नलिष्ट पिपुल्स पार्टीका शिवलाल रोकायाले २४, स्वतन्त्रका कल्पदीप राईले १८, स्वतन्त्रकी मीनाकुमारी वालाले १६ मत पाएकी छिन् ।

स्वतन्त्रकी मोक्टो तामाङले १६, सुमन कार्कीले ९, चम्पा बोगतीले ६, रञ्जु केसीले ४, दिनेश प्रजापतीले ३ र प्रमिला थापाले ४ मत पाएका छन् ।

Published : Thursday, 2022 November 24, 11:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया