डडेल्धुराबाट सबैभन्दा फराकिलो मतसहित देउवा विजयी, हार्ने डरले एमालेले उम्मेदवारी नै दिएन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शानदार मतसहित प्रतिनिधि सभाको सांसद पदमा निर्वाचित भएका छन् ।
बुधबार बिहान सार्वजनिक अन्तिम नतिजाअनुसार देउवाले डडेल्धुरामा खसेको मतको ५० प्रतिशतभन्दा धेरै मतसहित निर्वाचित भएका हुन् ।
प्रधानमन्त्री समेत रहेका देउवा डडेल्धुराबाट अपराजित रुपमा ७औँ पटक निर्वाचित भएका छन् ।
७७ वर्षीय देउवाले २५५३४ मत पाएका छन् । देउवाका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका सागर ढकालले १३०४२ मत पाएका छन् ।
नेपाली कांग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्लले ७५३५ मत पाएका छन् ।
सभापति देउवासँग पराजित हुने देखेपछि एमालेले डडेल्धुरामा उम्मेदवारी नै दिएको थिएन । एमालेले सागर ढकाललाई समर्थन गरेको थियो ।
Published : Wednesday, 2022 November 23, 10:11 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया