गोरखा १ मा कांग्रेसका राजेन्द्र बजगाइँले ६ गुणा धेरै मत ल्याए

काठमाडौं । गोरखा क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाइँले अग्रता लिएका छन् ।

मंगलबार बिहान ११ बजेको नतिजाअनुसार बजगाइँले ७६६ मतसहित अग्रता लिएका छन् ।

एमालेका रामशरण बस्नेतले ११९ मत पाएका छन् ।

गोरखा– १ मा १००४ गणना भएको छ । कांग्रेसका बजगाइँले सुरुवाती चरणमा अत्याधिक मतसहित अग्रता लिएका हुन् ।

छाताले २१, हलोले ४, मादलले २, घन्टीले १०, काखमा आमाले १ र खडकले २ मत पाएका छन् ।

Published : Tuesday, 2022 November 22, 12:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया