‘वहकिने मन’ कार्यक्रमका प्रस्तोता महावीरको दुर्घटनामा मृत्यु

भरतपुर । रेडियो कार्यक्रमका प्रस्तोता महावीर विश्वकर्माको सडक दुर्घटनामा मृत्यु भएको छ ।

मंगलबार बिहान साढे ५ बजे चितवनको राप्ती नगरपालिका– ६ हर्दीचोकमा हायस बस रोकीराखेको ट्रकमा ठोक्किँदा ३५ वर्षीया विश्वकर्माको मृत्यु भएको हो । हायस बसमा सवार ६ जना यात्रु घाइते भएका छन् ।

सडकमा बिग्रेर रोकी राखेको ना २ ख ८५२२ नम्बरको ट्रकको पछाडि बा ४ ख ४१२ नम्बरको हायस बस ठोक्किएको प्रहरीले जनाएको छ ।

विश्वकर्मालाई हायस बसमा च्यापिएको अवस्थामा उद्धार गरिएको थियो ।

चितवनबाट काठमाडौं फर्किने क्रममा विश्वकर्मा सवारी दुर्घटनामा परेका हुन् ।

चुनावलाई केन्द्रित गरेर विश्वकर्मा आफ्नै घर चितवनको राप्ती नगरपालिकाको वडा नं. ४ डडुवा आएका थिए ।

गाडीमा सवार अन्य ५ घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

विश्वकर्मा चर्चित रेडियो कार्यक्रम ‘वहकिने मन’का प्रस्तोता हुन् ।

विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालमा विश्वकर्मा केन्द्रीय सदस्य थिए ।

पछिल्लो समय दलितका मुद्दाहरूमा उनी सक्रिय भएर काम गरिरहेका थिए ।

Published : Tuesday, 2022 November 22, 10:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया