रामहरि खतिवडाको मतगणना के भयो ? प्रदेशतर्फ कांग्रेस दोब्बर मतले अगाडि
काठमाडौं । ओखलढुंगामा नेपाली कांग्रेसले प्रदेश सभातर्फ प्रारम्भीक अग्रता लिएको छ ।
प्रदेश सभा क्षेत्र नं. १ तर्फ कांग्रेसका उम्मेदवार प्रदीप सुनुवारले ८७९ मत पाएका छन् ।
एमालेले ४९२ मत पाएको छ । प्रदेश सभा २ मा कांग्रेस एमालेभन्दा दोब्बर मतले अगाडि देखिएको छ ।
प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा एमालेको अग्रता रहेको छ ।
एमालेका उम्मेदवारले ५९१ मत पाएका छन् ।
सत्ता गठबन्धनका उम्मेदवारले ५०७ मत पाएका छन् । गठबन्धनका तर्फबाट २ मा माओवादी केन्द्रले उम्मेदवारी दिएको थियो ।
ओखलढुंगामा प्रतिनिधि सभातर्फ मतगणना हुन सकेको छैन । निर्वाचन कार्यालयका कर्मचारीहरूको त्रुटिले गर्दा प्रदेश सभातर्फको मत पत्र प्रतिनिधि सभाको बक्साभित्र परेपछि एमालेका उम्मेदवार यज्ञराज सुनुवारले लफडा गरेका छन् ।
निर्वाचन कार्यालयका कर्मचारीले आफूहरूको गल्तीका कारण केही मतपत्र प्रतिनिधि सभाको मतपेटिकामा परेको स्वीकार गरेका छन् ।
नेपाली कांग्रेसका नेता एवम् उम्मेदवार रामहरि खतिवडाले मतगणना गर्न आग्रह गरेका छन् । निर्वाचन कार्यालयका कर्मचारी पनि सकारत्मक छन् ।
एमालेका उम्मेदवार यज्ञराज सुनुवार पराजित हुने डरले मतगणना हुन दिइरहेका छैनन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया