पचासभन्दा धेरै स्थानमा हवाई फायर र लफडा, फेरि चुनाव गर्ने अवस्था
काठमाडौं । निर्वाचन पर्यवेक्षण समिति नेपालले मतदानका क्रममा ५० भन्दा धेरै स्थानमा हवाई फायर लगायतका विभिन्न घटना भएको जनाएको छ ।
समितिद्धारा आइतबार जारी विज्ञप्तिमा विभिन्न स्थानमा संकास्पद बस्तु राख्ने, झडप, विवाद आदि भएको जनाएको छ ।
‘दार्चुला, दोलखा, गोरखा, सिरहा, सप्तरी, रौतहट, दैलेख, चितवन, धनकढी, बर्दिया, स्याङजा, पाँचथर, मुगु, हुम्ला, पश्चिम नवलपरासी, कैलाली, मोरङ्ग लगाएतका ५० भन्दा वढी क्षेत्रहरुमा फायर, हवाई फायर र वम जस्ता संकास्पद वस्तु राखिएको, कतिपय स्थानमा विस्फोटका घटना समेत भएको जानकारी पाइयो’, विज्ञप्तिमा उल्लेख छ ।
समितिले भनेको छ, ‘निर्वाचन केन्द्रहरुमा हिंसात्मक घटनाहरु भई प्रहरीहरुद्धारा हवाई फायर नै गर्नुपर्ने अवस्थाहरुको सिर्जना भएको पाइयो, निर्वाचन सुरक्षामा पनि सवाल उठेको छ ।’
‘कतिपय स्थानहरु मतदान स्थगन भई पुनः निर्वाचनको दिन तोक्नुपर्ने अवस्था सिर्जना भएको छ’, समितिको विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया