काठमाडौंबाट अनलाईन सट्टेवाजीका ४४ जना भारतीय पक्राउ
काठमाडौं । प्रहरीले नेपाल र युएईबीच क्रिकेट खेलमा सट्टेवाजी अर्थात् जुवा खेलाउन ४४ जनाको समूहलाई पक्राउ गरेको छ ।
नेपालस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सञ्चालित एक दिवसीय क्रिकेट सिरिज भइरहेको स्थानमा अनलाईन लाईभ सट्टेबाजी (जुवा) खेलिरहेको अवस्थामा ४४ जना भारतीय नागरिकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।
उक्त स्थानमा भारतमा दर्ता रहेका बिभिन्न अनलाईन साईटहरुमार्फत व्यावसायिक रुपमा अनलाईन सट्टेबाजी (जुवा) खेलि/खेलाइरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले अनलाईन लाईभ सट्टेबाजी (जुवा) खेलिरहेको अवस्थामा व्यावसायिक रुपमा सट्टेबाजी (जुवा) मा संलग्न रहेका उनीहरूलाई पक्राउ गरेको छ ।
उनीहरू उपर जुवा ऐन अन्तर्गत कारवाहीको लागि अनुसन्धान कार्य भइरहेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया