चुनावमा भरपर्दो शान्ति सुरक्षा बनाउन अध्यक्ष अन्सारीको निर्देशन
काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले निर्वाचनका बेला शान्ति सुरक्षाको बलियो अनुभूति दिलाउन निर्देशन दिएका छन् ।
बुधबार कपिलवस्तुका सुक्षा निकायका प्रमुखहरुसँग भएको भेटघाटका क्रममा अध्यक्ष अन्सारीले निर्वाचनका बेला अबाञ्छित तत्वहरु सक्रिय हुने भएका कारण त्यस्ता कार्यबाट सबै सचेत हुनुपर्ने बताए । उनले शान्ति सुरक्षालाई विशेष ध्यान दिनुपर्ने बताएका छन् ।
अध्यक्ष अन्सारीले मतदाताले भयरहित वातावरणमा मतदान गर्न पाउनुपर्ने भन्दै सुरक्षाकर्मीलाई शान्ति सुरक्षा बनाउने कार्यमा सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।
आयोगका अध्यक्ष अन्सारीको नेतृत्वमा विभिन्न संवैधानिक आयोगका पदाधिकारीहरु अनुगमनमा छन् । अनुगमनको नेतृत्व आयोगका अध्यक्ष अन्सारीले गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया