ओखलढुंगामा एमालेकी चर्चित नेतृसहित ८७ जना कांग्रेसमा प्रवेश, खतिवडाद्धारा स्वागत
काठमाडौं । ओखलढुंगामा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुसँग मतदाताले ठूलो अपेक्षा राखेका छन् ।
मतदाताहरुले ओखलढुंगाको विकासका लागि प्रतिनिधि सभातर्फका उम्मेदवार एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडासँग जिल्लाको विकासमा सहयोग हुने जनाएका हुन् । मतदाताहरुले प्रदेशतर्फका उम्मेदवारहरुबाट पनि निकै ठूलो अपेक्षा राखेका छन् ।
यसैबीच, सिद्धिचरण नगरपालिकाको वडा नं. ३ मा आयोजित चुनावी सभामा एमाले नगर कमिटीकी सदस्य सीता पोख्रेल नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् । उनलाई कांग्रेस नेता खतिवडाले पार्टी प्रवेश गराएका हुन् ।
कांग्रेस प्रवेश गर्नेमा एमालेका संगठित सदस्य कृष्ण वली राई, राजधन राई लगायात ८७ जना रहेको नेता खतिवडाका स्वकीय सचिव हुकुम राईले बताएका छन् ।
नव प्रवेशीहरुलाई नेता खतिवडा, प्रदेश सभा क्षेत्र नं. १ का उम्मेदवार प्रदीप सुनुवार, कांग्रेसका जिल्ला सभापति तेजेन्द्र खनाल लगायतले स्वागत गरेका छन् ।
यसअघि, एमालेमा जबरजस्ती प्रवेश गराएका १० जना स्थानीय कांग्रेसमा नै फर्किएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया