गृहमन्त्री खाणलाई बामदेवको एकता अभियानको साथ
भैरहवा । पूर्वमन्त्री एवम् राष्ट्रिय सभाका सांसद बामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानले रुपन्देही क्षेत्र नम्बर ३ मा पाँच दलीय गठबन्धनका उम्मेदवार एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई सहयोग गर्ने भएको छ ।
शनिबार उक्त पार्टीले भैरहवामा पत्रकार सम्मेलन गरी आगामी मंसिर ४ को निर्वाचनमा गृहमन्त्री समेत रहेका उम्मेदवार खाणलाई सहयोग गर्ने जनाएको हो ।
अभियानले लोकतन्त्र र मुलुकको परिवर्तनमा योगदान दिएको कांग्रेस र यसका नेता गृहमन्त्री खाणलाई सहयोग गर्ने निर्णय गरेको पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं लुम्बिनी प्रदेश इन्चार्ज महेन्द्र अर्यालले जानकारी दिए ।
उनले ठूला परिवर्तनमा सहयोद्धा भएर काम गरेका खाण र कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने नीतिअनुसार यसपटक रुपन्देहीको क्षेत्र नम्बर ३ मा सहयोग गर्ने निर्णय भएको बताए ।
उनले क्षेत्र नम्बर ३ मा आफूहरुको करिब २ हजार २ सय मत रहेको जनाउँदै उक्त मत खांणको पक्षमा दिने बताए ।
कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले मुलुकको आवश्यकतालाई हेरेर आफूहरुलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका छन् ।
खाणले यो निर्वाचनलाई सफलता प्रदान गर्न एकता अभियानले गरेको सहयोग महत्वपूर्ण हुने समेत बताए ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया