भक्तपुर–२ मा सत्तागठबन्धनलाई जिताउन तरुण अध्यक्ष गुरुङको आग्रह
भक्तपुर । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ भक्तपुर–२ का प्रतिनिधि सभाका उम्मेदवार दुर्लभ थापाको चुनावी कार्यक्रममा सहभागी भएका छन् ।
कार्यक्रममा अध्यक्ष गुरुङले सत्तागठबन्धनका उम्मेदवारहरूलाई मतदान गरेर विजयी बनाउन अपील गरेका छन् । उनले तरुणहरूलाई घरदैलो र मतदाताको घरघरमा पुगेर सत्तागठबन्धनका उम्मेदवारको पक्षमा मत माग्न आग्रह गरेका हुन् ।
भक्तपुर–२ को प्रदेश सभा १ तर्फ कांग्रेसका नेता विष्णुराज कार्की उम्मेदवार छन् । प्रदेश सभा २ मा एकीकृत समाजवादीका डा.राजेन्द्रमान श्रेष्ठ उम्मेदवार छन् ।
अध्यक्ष गुरुङले प्रतिनिधि सभामा थापा तथा दुई वटा प्रदेशमा कार्की र डा.श्रेष्ठलाई मतदान गरेर विजयी बनाउन आग्रह गरेका छन् ।
भक्तपुर–२ मा जिल्ला सभापति समेत रहेका थापाले प्रतिस्पर्धीलाई हराएर कांग्रेसको झण्डा गाड्ने अभियानमा छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया