काठमाडौंबाट रुकुम जान लागेको बस दुर्घटना
काठमाडौं । काठमाडौंबाट रुकुम जान लागेको यात्र बाहक बस दुर्घटना भएको छ ।
शनिबार रूकुमकोट जाँदै गरेको बस त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ ।
सवा ६ बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० हुग्दी खोलास्थित त्रिशुली किनारमा बस खसेको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी श्यामबहादुर खत्रीले जानकारी दिएका छन् ।
बा ४ ख ५७९० नम्बरको बस २०० मिटर तल खसेको डीएसपी खत्रीले बताएका छन् ।
दुर्घटना हुँदा चालकसहित १६ जना घाइते छन् । उनीहरूको उपचारका लागि अस्पतालमा पठाइएको छ । बस त्रिशुली किनारमा रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय गजुरीबाट डिएसपीको कमान्डमा प्रहरीको टोली खटिएको छ । घाइतेहरूको विवरण आउन बाँकी छ ।
Published : Saturday, 2022 November 5, 8:11 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया