प्यूठानमा कांग्रेसका रोज राणालाई स्वतन्त्रको समर्थन, केसीले उम्मेदवारी फिर्ता लिए
काठमाडौं । प्यूठान जिल्लामा स्वतन्त्र उम्मेदवार माधब केसीले नेपाली कांग्रेसका उम्मेदवार रोज राणालाई सहयोग गर्ने निर्णय गरेका छन् ।
बुधबार प्यूठानमा राणा र केसीबीच भएको सहमतिमा प्रदेश सभा २ तर्फ राणालाई केसीले सहयोग गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । राणाले प्यूठानमा जबरजस्त रुपमा प्रचार प्रसारलाई अगाडि बढाएका छन् ।
प्यूठानको प्रदेश सभा २ मा कांग्रेसबाट राणाले उम्मेदवारी दिएका छन् । केसीले पनि स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।
राणासहित प्यूठान कांग्रेस सभापति विष्णु गिरीलगायतको पहलमा केसीले स्वतन्त्रबाट उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् ।
केसीको उम्मेदवारी फिर्ताले सत्तागठबन्धनलाई प्यूठानमा जितका लागि सहज भएको छ ।
प्यूठानमा सत्तागठबन्धनबाट राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलले प्रतिनिधि सभामा उम्मेदवारी दिएकी छिन् ।
प्रदेश सभा १ मा माओवादी केन्द्रका कृष्ण अधिकारी र २ मा कांग्रेसका क्षेत्रीय सभापति राणाले उम्मेदवारी दिएका छन् ।


बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया