तिहारका बेला चौबे एक बोरा लाखौं रुपियाँसहित पक्राउ
काठमाडौं । प्रहरीले धनुषाबाट स्रोत नखुलेको लाखौं रुपियाँसहित एक जना युवकलाई पक्राउ गरेको छ ।
जनकपुर उपमहानगरपालिका–२१ कुर्थाबाट स्रोत नखुलेको नगद ३८ लाख ५० हजार रुपियाँसहित महोत्तरीको भंगहा नगरपालिका–१ बस्ने २१ वर्षीय सुवमराज चौवेलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
भारतबाट अवैध रूपमा रकम नेपालतर्फ ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनको साथबाट १ हजार दरको २९ बण्डल र ५ सय दरको १९ बण्डल गरी जम्मा ३८ लाख ५० हजार रुपियाँसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
तिहारका बेला पक्राउ परेका चौबेलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जनकपुर भन्सार कार्यालय धनुषा पठाइएको छ ।
Published : Tuesday, 2022 October 25, 6:57 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया