कांग्रेसको युवा प्रचार नेटवर्क गठन, यी युवाहरू सदस्यमा मनोनीत
काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन केन्द्रीय युवा प्रचार नेटवर्कमा सदस्यहरू मनोनीत भएका छन् ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय प्रचार प्रसार समितिका संयोजक एवं पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतको नेतृत्वमा रहेको समितिअन्गर्तको उप–समितिका सदस्यहरू मनोनीत भएका हुन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य एवं केन्द्रीय प्रचार प्रसार समितिका सदस्य उमेशजंग रायमाझीको संयोजकत्वमा गठित नेपाली कांग्रेस प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन केन्द्रीय युवा प्रचार नेटवर्कमा बिहीबार सदस्य मनोनीत गरिएको छ ।
उप–समितिमा सदस्य सचिव, प्रदेश संयोजक, काठमाडौं उपत्यका संयोजक र सदस्यहरू मनोनयन गरिएको विज्ञप्तिमा उल्लेख छ ।










बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया