औकातभन्दा बाहिर गयो मधेशी आयोग, थारु र मुस्लिमलाई कमजोर नठान्न अन्सारीको चेतावनी
काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मधेशी आयोगको हर्कतको विरोध गरेका छन् ।
मधेशी आयोगले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गउर उट्पट्याङ हर्कत गर्न थालेपछि अन्सारीले विरोध गरेका हुन् । बिहीबार अन्सारीले सामाजिक सञ्जालमार्फत प्रेस नोट जारी गरर मधेशी आयोगको हर्कतको भण्डाफोर गरिदिएका छन् ।
‘मधेशी आयोगले आफ्नो क्षेत्रअधिकारभन्दा बाहिर गएर थारू र मुस्लिमलाई मधेशीको सूचीमा राख्न वार्षिक प्रतिवेदनमार्फत गरेको सिफारिस गलत र खेदजनक छ’, मुस्लिम आयोगका अध्यक्ष अन्सारीले चेतावनी शैलीमा भनेका छन् ।
‘नेपालको संविधान २०७२ जारी हुनु भन्दा अगाडि धेरै कठिन संघर्ष र धेरैको बलिदानपछि मुस्लिम र थारू समुदायलाई पाएको अधिकारमाथि हमलाको प्रयाश गर्न खोज्नु सिंगो समुदाय र लोकतन्त्र माथिको प्रहार हो’, उनले भनेका छन् ।
‘मधेश एउटा भूगोल हो’, उनले भने, ‘मुस्लिम र थारू समुदाय मधेशमा मात्र होइन काठमाडौं तराइ ,पहाड र हिमालमा बसोबास छ । त्यस कारण सबैलाई एउटै बाकसमा राखने कोशिस गर्नु गलत हो ।’
अध्यक्ष अन्सारीले भने, ‘मधेशी आयोगले आफ्नो गलती स्वीकार गर्नुपर्छ ।’
थारुले आफूलाई मधेशी मान्दैन । थारुहरू भूमिपुत्र हुन् । थारुहरूमाथि मधेशी समुदायले बेलाबेला आक्रमण गर्ने प्रयास गर्दै आएका छन् ।
मुस्लिमहरू पनि मधेशीमा पर्दैनन् । मुस्लिमहरू तराई, पहाड र हिमालमा छन् । मुस्लिमहरूलाई मधेशीहरूले आफ्नो मातहतमा राख्ने बेलाबेला असफल प्रयास गर्दै आएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया