यी चार जना एसपीहरूको काज सरुवा
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले चार जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी)हरूको काज सरुवा गरेको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले चार जना एसपीहरूको सरुवा गरेका हुन् ।
अर्को आदेश नभएसम्मको लागि ती चार जना एसपीहरूलाई खटाइएको छ ।
काज सरुवा भएका एसपीहरूमा सशस्त्रको नेपाल यु.एन. शान्ति स्थापना तालिम शिक्षालय, ककनीमा कार्यरत तीर्थराज पौडेललाई सशस्त्रको नम्बर ६ गण हेडक्वार्टर सप्तरी पठाइएको छ ।
एसपी प्रदीप खड्कालाई सप्तरीको नम्बर ६ गणबाट ककनीमा ल्याइएको छ ।
एसपी रमेशबिक्रम शाहीलाई सशस्त्रको मुख्यालयस्थित मानवस्रोत विभागबाट कैलालीस्थित नम्बर ७, वैद्यनाथ बाहिनी मुख्यालयमा पठाइएको छ ।
एसपी डम्बरबहादुर बिष्टलाई सशस्त्र प्रहरी जवान तालिम शिक्षालय, नौवस्ता बाँकेबाट नम्बर ४४ गण हेड क्वार्टर, दार्चुलामा काजमा पठाइएको छ ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया