संविधानको रक्षा गर्न सत्तागठबन्धनका उम्मेदवारहरूलाई देशभरि जिताउनुपर्छ : सभापति बानियाँ
मनहरी । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि सत्तागठबन्धनले जित्नुपर्ने बताएका छन् ।
प्रदेश सभातर्फ मकवानपुर– २ ‘२’मा उम्मेदवार बनेका बानियाँले सोमबार मनहरी गाउँपालिका–६ सुनाचुरीमा आयोजित कांग्रेसको वडास्तरीय भेला तथा चुनावी छलफल कार्यक्रममा संविधान र लोकतन्त्र मास्न खोज्नेहरूको विरुद्धमा गठबन्धन बनेको बताए । उनले सत्तागठबन्धनका देशभरिका सबै उम्मेदवारले जित्न जरुरी रहेको बताएका छन् ।
उनले कांग्रेस सँधैं दिनदुःखीको सेवामा हरतरहले लागिरहेको बताएका छन् ।
अघिल्लो पटक पनि मनहरी क्षेत्रमा कांग्रेसले जितेको बताएका बानियाँले कांग्रेसका जनप्रतिनिधिले विकास निर्माणका काम गरेको बताए ।
अगुवा कार्यकर्ताहरूको गुनासा र सुझाव सुनेपछि सभापति बानियाँले प्रदेश सरकारमा साँढे ३ वर्ष केपी ओली निकट कम्युनिष्ट शासनकालमा केही गर्न नसकेको बताए ।
उनले विगत डेढ वर्षदेखि कांग्रेस मन्त्रिमण्डलमा प्रवेश गरेपछि करोडौंको विकास बजेट मनहरी क्षेत्रमा पार्न सफल भएको बताए ।
सत्तागठबन्धनलाई जिताउँदा मतको अवमूल्यन नहुने सभापति बानियाँको भनाइ छ ।
कांग्रेस मनहरी–६ का वडा सभापति बाबुराम तितुङको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस मकवानपुरका जिल्ला सचिव भीमसेन महत, कांग्रेस मकवानपुर क्षेत्र नं. २ ‘२’का प्रदेश सभापति एवम् मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती, कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, महाधिवेशन प्रतिनिधि शंकर न्यौपाने, मनहरी–६ का वडाध्यक्ष युवराज थपलिया, अग्रज नेता कुलबहादुर नगरकोटीले आ–आफ्नो धारणा र सुझाव राखेका थिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया