अनुशासनहीन ‘बागी’हरूलाई कांग्रेसले दियो सुध्रिने ठूलो अवसर

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना बागी उम्मेदवारहरूलाई उम्मेदवारी निष्क्रिय बनाउन समय थप गरेको छ ।

कांग्रेसले यसअघि सोमबारसम्म समय दिएको थियो । कांग्रेसले कात्तिक ४ गतेसम्म समय थप गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

असोज २६ गतेभित्र फिर्ता नलिएकाहरूले सत्तारुढ गठबन्धनका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन प्रतिवद्धतासहित कात्तिक ४ गतेभित्र सार्वज्निक वक्तव्य प्रकाशित गरी उम्मेदवारी निष्क्रिय गराएमा पार्टीले कारबाही नगर्ने विज्ञप्तिमा उल्लेछ ।

‘यही २०७९ मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा÷प्रदेश सभा सदस्य पदको निर्वाचनमा गठबन्धन दलहरूबीच सहमती भई बनेका नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलबीच सहमति भई बनेका गठबन्धन दलका आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दिई तोकिएको मिति र समय (२०७९ असोज २६ गते बिहान १० बजेदेखि अपरान्ह १ बजे)भित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थकलाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम नेपाली कांग्रेसको सदस्यता समेत नरहने गरी ५ वर्षका लागि निष्काशन गरिएको विषयमा पुनः ध्यानाकर्षण गराउँदै, तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्ण रुपमा सक्रिय रहने प्रतिवद्धता सहित २०७९ कात्र्तिक ४ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थक उपरको कारवाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पु¥याई फुकुवा गर्ने व्यहोरा सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।

Published : Monday, 2022 October 17, 10:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया