कदरपत्र तथा पुरस्कार वितरण गरेर आईजीपी सिंह भारत प्रस्थान

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले ६७औं प्रहरी दिवस २०७९ का अवसरमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरू, प्रहरीलाई सहयोग पु¥याउने विभिन्न महानुभावहरूलाई कदरपत्र तथा पुरस्कार प्रदान गरेका छन् ।

सोमबार नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष कार्यक्रममा सिंहले शान्ति सुरक्षा बहाल गरी कानून कार्यान्वयन गर्ने क्रममा योगदान पु¥याएबापत प्रहरी नायव उपरीक्षक अनिलकुमार घिमिरेलाई पूर्ण शान्ति पुरस्कार र साहसिक तथा जोखिमपूर्ण कार्य गरे वापत प्रहरी निरीक्षक दीपक थापालाई योगेन्द्र स्मृति साहसिक पुरस्कार प्रदान गरेका छन् ।

सिंहले नेपाल प्रहरी अन्तर प्रदेश कार्यदक्षता मूल्यांङ्कन २०७९ अन्तर्गत आ–आफ्नो विधामा उत्कृष्ट कार्य गर्ने नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक सुदर्शन कोइराला, मधेश प्रदेश तालिम केन्द्र राजविराजका प्रहरी वरिष्ठ उपरीक्षक रविन्द्र केसी, नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटे मकवानपुरका प्रहरी उपरीक्षक रन्जित सिंह राठौर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापा, जिल्ला प्रहरी कार्यालय ईलामका प्रहरी उपरीक्षक दिलिप घिमिरेलाई प्रशंसापत्र एवम् पुरस्कार प्रदान गरेका छन् ।

सिंहले प्रहरी वृत्त महाराजगंजका प्रहरी नायव उपरीक्षक अंगुर जिसी, ईलाका प्रहरी कार्यालय दुहवी सुनसरीका प्रहरी निरीक्षक जयदेव माझी, प्रहरी प्रभाग सानेपाका प्रहरी निरीक्षक उमेश गुरूङ श्रेष्ठ र प्रहरी चौकी चौघडा मकवानपुरका प्रहरी नायव निरीक्षक रामशरण दुलाललाई प्रशंसापत्र एवम् पुरस्कार प्रदान गरेका छन् ।

प्रहरी महानिरीक्षक सिंहले उत्कृष्ट अनुसन्धानकर्तातर्फ प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवर र प्रहरी नायव निरीक्षक मदन राज स्याङ्बो, उत्कृष्ट ट्राफिक व्यवस्थापनतर्फ प्रहरी निरीक्षक नरेश शाही, उत्कृष्ट विपद् उद्दारक प्रहरी नायव निरीक्षक सूर्यसिंह थापा, सपोर्टिभ समूह (प्राविधिक)तर्फ प्रहरी उपरीक्षक पुस्कर राज भट्ट, प्रहरी निरीक्षक शर्मिला भट्ट, प्रहरी वरिष्ठ नायव निरीक्षक कृष्ण बानियाँ, प्रहरी नायव निरीक्षक मणिभुषणकुमार झा, प्रहरी नायव निरीक्षक कोपिला केसी, प्रहरी हवल्दार रामबहादुर गुरूङ, प्रहरी हवल्दार तुलाराज मुक्तान, प्रहरी हवल्दार बिष्णु सुवाल र प्रहरी कार्यालय सहयोगी बालकुमारी पुनलाई कदरपत्र एवम् पुरस्कार प्रदान गरेका छन् ।

जोखिमपूर्ण कार्यतर्फ उत्कृष्ट कार्य गर्ने प्रहरी वरिष्ठ हवल्दार श्यामकान्त श्रीवास्तव, उत्कृष्ट खेल प्रशिक्षक तथा खेलाडीतर्फ प्रहरी सहायक हवल्दार राकेश महर्जन, प्रहरी जवान कमला पुन, प्रहरी जवान चन्द्रकला लामगादे र नेपाल प्रहरी पुरूष क्रिकेट टिमका खेलाडी दीपेन्द्रसिंह ऐरी, उत्कृष्ट आन्तरिक तथा बाह्य प्रशिक्षकतर्फ प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्का र प्रहरी हवल्दार महेन्द्र खत्री क्षेत्री र उत्कृष्ट सामुदायिक प्रहरीतर्फ प्रहरी सहायक निरीक्षक किरण तामाङलाई कदरपत्र एवम् पुरस्कार प्रदान गरेका छन् ।

प्रहरी महानिरीक्षक सिंहले प्रहरी द्वैमासिक पत्रिकामा गत १ वर्षभित्र प्रकाशित लेख रचनामध्ये प्रहरीतर्फ प्रहरी नायव उपरीक्षक भोजराज पाण्डे र सर्वसाधारणतर्फ काठमाडौं चाबहिलका अच्युतप्रसाद पौडेल चिन्तनलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गरेका छन् ।

उनले नेपाल प्रहरीलाई निःशुल्क जग्गा प्रदान गर्ने १५ जना जग्गादाताहरू र नेपाल प्रहरी स्मारक गुठिका १२ जना आजीवन सदस्यहरूलाई कदरपत्र प्रदान गरेका छन् ।

नेपाल प्रहरीलाई शान्ति सुरक्षा र अपराध अनुसन्धानमा सहयोग पु¥याएबापत राष्ट्रिय बाणिज्य बैंक लिमिटेड सिंहदरवार, नेपाल टेलिकम केन्द्रीय कार्यालय, एनसिएल अक्षता लिमिटेडका प्रतिनिधिहरू, केल्ली स्पोर्टस प्रालिका मेनेजिङ डाईरेक्टर उत्तम न्यौपाने, नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजका मेडिकल डाईरेक्टर डा.रोमन किदवाई, जनकपुर उप–महानगरपालिका–८ बाल्मिकीनगरका अमरचन्द्र अनिललाई प्रशंसापत्र प्रदान गरेका छन् ।

उनले राष्ट्रपति ज्यूबाट वि.सं. २०७७ र २०७८ को संविधान दिवसको अवसरमा प्रहरी कर्मचारीहरूलाई प्रदान गरिएको नेपाल प्रताप सुभूषण ३७ जना, नेपाल प्रताप आभूषण २५ जना, नेपाल प्रताप भूषण २० जना, राष्ट्र सेवा पदक प्रथम श्रेणी १ जना र विरता पद २ जनालाई प्रदान गरेका छन् ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले पुरस्कृत हुनु विशुद्ध निष्ठा र कर्तव्यपरायणताको मूल्याङ्कन भएकोले आगामी दिनहरूमा अझै बढी लगनशील र कर्तव्यनिष्ठ भई अनुकरणीय कार्यसम्पादन हुनुपर्ने बताए ।

पुरस्कार प्रोत्साहन भएको र पुरस्कृत नहुँदैमा बिचलित हुन नहुने बताउँदै प्रहरी महानिरीक्षक सिंहले संगठनको गरिमा उचो बनाउन व्यावसायिक निष्ठा प्रदर्शन गर्ने अन्य उत्कृष्ट प्रहरी कर्मचारीहरूले कर्तव्यपालनामा तल्लीन र धैर्यता राखेमा भविष्यमा पुरस्कृत हुने अवसर पाउने बताए ।

यसैबीच, प्रहरी महानिरीक्षक सिंह भारतको नयाँ दिल्लीमा २०७९ कात्तिक १ गतेदेखि ४ गतेसम्म संचालन हुने इन्टरपोलको ९०औं महासभामा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

सिंहको नेतृत्वमा प्रहरी नायव महानिरीक्षक उमेशराज जोशी, प्रहरी उपरीक्षक अनुपमशमशेर जवरा, प्रहरी निरीक्षक यमकुमार श्रेष्ठ समेत नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट ५ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू सहकुलबहादुर थापा, उत्तमराज सुवेदी, दिवेश लोहनी र रबिन्द्रबहादुर धानुक, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामनासहित हार्दिक विदाई गरेका छन् ।

Published : Monday, 2022 October 17, 7:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया