कांग्रेसद्वारा शोक व्यक्त, देउवाले जारी गरे वक्तव्य

काठमाडौं । नेपाली कांग्रेसले शताब्दी पुरुष १०३ वर्षीय सत्यमोहन जोशीको उपचारका क्रममा निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

आइतबार कांग्रेसले शोक वक्तव्य जारी गरेर स्व.जोशीको निधनप्रति दुःख व्यक्त गरेको हो ।

‘संस्कृतिविद, लेखक र कुशल अनुसन्धानकर्ता हुनुहुन्थ्यो । नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, सम्वद्र्धन र विकासमा उहाँले महत्वपूर्ण योगदान पुर्‍याउनु भएको थियो’, कांग्रेसले भनेको छ ।

‘साहित्यको क्षेत्रमा अतुलनीय योगदान पु¥याए वापत तीन पटकसम्म मदन पुरस्कार पाउने नेपालको एक मात्र व्यक्तित्व जोशी प्राचीन र मध्यकालीन नेपालका थुप्रै ऐतिहासिक सामग्री संरक्षणका लागि जीवनपर्यन्त अनवरत क्रियाशील रहनुभयो’, विज्ञप्तिमा भनिएको छ ।

जोशीको निधनप्रति सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पनि गहिरो दुःख व्यक्त गरेका छन् ।

देउवाले भनेका छन्, ‘शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको निधनको खबरले मलाई अत्यन्तै दुःखीत र स्तब्ध बनाएको छ ।’

‘भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा उहाँले पुर्‍याउनु भएको अतुलनीय योगदान नेपाल र नेपाली जनताले सदैव सम्झिरहनेछन्’, उनले भनेका छन् ।

‘उहाँको निधनबाट राष्ट्रले एक युगपुरुषलाई गुमाएको छ’, देउवाले भने, ‘जोशीको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।’

Published : Monday, 2022 October 17, 12:06 am

फेसबुकबाट तपाईको प्रतिक्रिया