थारु, विप्लव र सिके राउत समूहको माग कार्यान्वयनमा गयो : गृहमन्त्री खाण

बुटवल । गृहमन्त्री बालकृष्ण खाणले नेपाल कम्युनिस्ट पार्टी (विप्लव), सिके राउत नेतृत्वको जनमत पार्टी र थारु कल्याणकारी सभाले राखेका माग पूरा गर्न सरकारले प्रक्रिया अगाडि बढाएको बताएका छन् ।

आइतबार रुपन्देहीको बुटवल उप–महानगरपालिकाको १९ नम्बर वडामा चुनाव प्रचार–प्रसार कार्यालयको उदघाटन कार्यक्रममा उनले ती दलले राखेका राजनीतिक र प्रशासनिक निर्णयबाट पूरा गर्न सक्ने माग पूरा गर्न तत्काल प्रक्रिया अघि बढाउने निर्णय मन्त्रपरिषद् बैठकले गरिसकेको बताए ।

उनले यी राजनीतिक दलहरूलाई मुलधारमा ल्याइ मुलुकमा शान्ति स्थापना गर्न कानून संशोधन गर्नुपर्ने भएमा कानून संशोधनको प्रक्रिया अघि बढाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको पनि बताए ।

यी दलले विभिन्न आन्दोलनका क्रममा पक्राउ गरिएका कार्यकर्ता विना शर्त रिहा गर्न, आफूहरूसंग सरकारले गरेका सहमति कार्यान्वयनमा ल्याउन माग गर्दै आएका छन् ।

Published : Sunday, 2022 October 16, 4:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया