प्रचण्डलाई गोरखा अहिले पनि कठिन छ, असम्भव छैन : बाबुराम

गोरखा । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गोरखा–१ ले गठबन्धनको तर्फबाट पर्यटन क्षेत्रबारेमा राम्रो ज्ञान भएका उम्मेदवार पाएको बताएका छन् ।

शनिवार गठबन्धनका दलहरूको आयोजनामा नेपाली कांग्रेसको पार्टी कार्यालय तीनधारे, गोरखामा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षणका क्रममा भट्टराईले भने, ‘उत्तरी गोरखा र मनास्लुलाई पर्यटकीय दृष्टीकोणले विकास गर्नुपर्छ ।’

‘त्यहाँ अहिले गठबन्धनबाट राजेन्द्र बजगाइँ उम्मेदवार हुनुहुन्छ, उहाँ आफैँ पर्यटन क्षेत्रको पनि भएकाले नुबझ्नै कुरै भएन’, उनले भनेका छन् ।

बजगाइँको अनुभव र कामले पनि उत्तरी गोरखाको पर्यटन लगायत सामग्र विकास प्रभावकारी हुनेमा आशावादी हुन उनले अनुरोध गरेका छन् ।

गठबन्धन दलबीचको एकता नयाँ युगको सुरुवात भएको बताउँदै भट्टराईले त्यसका लागि चुनाव पहिलो खुड्किलो भएको बताए ।

‘गठबन्धन बन्नु बैचारिक कारण पनि छ, विकास र समृद्धिका लागि कांग्रेस र बामपन्थीबीचको सहकार्य नभई हुँदैन’, उनले भने ।

गठबन्धन दलले जितेन भने, प्रतिनिध सरकारमा पुगेर र सरकार चलेन भने विकास र समृद्धि संभव नहुने उनले बताए ।

‘जितेर सरकार नै चलाउनुपर्छ, ओलीको जस्तो तीन वर्षमा गिराउने हैन, पाँच वर्ष चलाउनुपर्छ, नभए त सम्धीको गफ जस्तै हुन्छ’, भट्टराईले भने ।

आफूले यसअघि निर्वाचनमा गोरखा–२ बाट खसेको मतको ८३ प्रतिशत मत प्राप्त गरेको प्रशंग जोड्दै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भने, ‘अहिले पनि कठिन त छ तर, असम्भव छैन, तपाईले ९० प्रतिशत मत ल्याउनुपर्छ, नयाँ इतिहास लेख्नुपर्छ र गठबन्धन पाँच वर्ष चल्नुपर्छ ।’

Published : Saturday, 2022 October 15, 10:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया