घाँटी रेटिएको अवस्थामा तीन जनाको शव फेला
बारा । बाराको प्रसौनीमा तीन जनाको शव घाँटी रेटिएको अवस्थामा फेला परेको छ ।
प्रसौनी गाउँपालिका–५ प्रस्टोका बस्ने २५ वर्षीय सुजता चौधरी, उनकै छोरी ३ वर्षीया ताहिरा चौधरी र छोरा १६ महिनाको राजबीर चौधरीको शव भेटिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूको शव सोही ठाउँस्थित ढोरा खोला किनारमा घाँटी रेटिएको अवस्थामा बुधबार मृत फेला परेका थिए ।
खोला किनारमा तीन जनाको शव रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले तीनै जनाको शव फेला पारेको हो ।
यता, सवारी दुर्घटनामा परी सोमबार घाइते भएका मृतक सुजाताका श्रीमान दीपेन्द्र चौधरीको एलएस न्यूरो अस्पताल नौतनमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।
घटनामा सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया