राजकिशोर यादवद्वारा प्रचार–प्रसार शुरु, सिरहा-२ का मतदाताको घर-घरमा पुग्न थाले
लहान । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का नेता राजकिशोर यादवले सिरहा–२ मा आफ्नो प्रचार–प्रसार शुरु गरेका छन् ।
आइतबार सिरहा–२ मा मनोनयन दर्ता गराएका नेता यादवले आफूलाई गाउँ, टोल, भेला, सभा, विभिन्न औपचारिक र अनौपचारिक कार्यक्रमहरूमा केन्द्रित बनाएका हुन् ।
सिरहा–२ मा मनोनयन दर्ता गराएका यादवलाई एमालेको समर्थन रहेको छ । जसपा र एमालेसहितका दलहरूबीच गठबन्धन बनेको छ ।
२०७४ को निर्वाचनमा नेता यादवल सिरहा–४ बाट निर्वाचित भएका थिए ।
मंसिर ४ गतेको निर्वाचनका लागि जसपाले नेता यादवलाई सिरहा–२ मा टिकट दिएको छ ।
पूर्वमन्त्री समेत रहेका नेता यादवले परिवर्तन, विकास, शिक्षा र स्वास्थ्यका लागि आफूलाई मतदान गर्न अपील गरेका छन् ।
उनले आफूलाई चुनाव चिन्ह छातामा मतदान गर्न र एमालेका प्रदेश सभातर्फका उम्मेदवारलाई पनि मतदान गर्न अनुरोध गरेका छन् ।
यादवलाई जसपाभित्र बौद्धिक नेताका रुपमा पनि लिइन्छ । कठिन समयमा पनि उनले जसपालाई बचाउने भूमिका खेल्दै आएका छन् ।
यसैबीच, सिरहा–२ ‘क’मा जसपाका विजय यादव र ‘ख’ एमालेका शत्रुधनप्रसाद सिंहले मनोनयन दर्ता गराएका छन् ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया