नागेन्द्र र वीरेन्द्रद्वारा मनोनयन दर्ता, सर्लाही-४ ले सबैको ध्यान तान्यो

काठमाडौं । नेपाली कांग्रेसका नेता नागेन्द्र कुमारले सर्लाही क्षेत्र नम्बर ४ मा मनोनयन दर्ता गराएका छन् ।

कांग्रेस सर्लाहीका पूर्व सभापति समेत रहेका नागेन्द्रले आइतबार आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उनी पूर्वसांसद पनि हुन् ।

एकदम शालिन व्यक्ति नागेन्द्रको उम्मेदवारीले सर्लाही–४ मा रौनक आएको छ ।

प्रदेश सभा (क) मा मधेश प्रदेश कांग्रेसका उप–सभापति वीरेन्द्रप्रसाद सिंहले मनोनयन दर्ता गराएको जिल्ला सदस्य विकास ठाकुरले बताए ।

प्रदेश सरकारको महिला वालवालिका, युवा तथा खेलकुद मन्त्री समेत रहेका सिंह जनताका बीच लोकप्रिय मानिन्छन् ।

प्रदेश सभा (ख)मा माओवादी केन्द्रबाट फकिरा महतोले मनोनयन दर्ता गराएकी छिन् ।

सर्लाही–४ मा कांग्रेसकै एकजना भगौडा र अन्तरघातीले स्वतन्त्रबाट मनोनयन दर्ता गराएका छन् ।

सोही क्षेत्रमा कांग्रेसका महामन्त्री गगन थापाले पनि मनोनयन दिने चर्चा थियो । राष्ट्रिय राजनीतिमा सर्लाही–४ केन्द्र विन्दुमा छ ।

Published : Tuesday, 2022 October 11, 10:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया