दाङ–१ मा एमालेबाट शान्ता, गंगा र कुलबहादुरको उम्मेदवारी

लमही । एमालेको तर्फबाट नेतृ शान्ता चौधरीले दाङ–१ बाट प्रतिनिधि सभातर्फ प्रत्यक्षमा उम्मेदवारी दर्ता गराएकी छिन् ।

सोमबार निर्वाचन कार्यालय लमहीमा उपस्थित भएर चौधरीले मनोनयन दर्ता गराएकी हुन् । उनले एमालेका उम्मेदवारहरूलाई मतदान गरेर विजयी बनाउन अपील गरेकी छिन् ।

प्रदेश सभा निर्वाचन क्षेत्र नं. ‘क’मा गंगाराम भट्टराईले मनोनयन दर्ता गराएका छन् ।

‘ख’मा कुलबहादुर केसीले मनोनयन दर्ता गराएको एमालेले जनाएको छ ।

एमालेका नेता कार्यकर्ताहरूसहित निर्वाचन कार्यालयले दिएको समयमा पुगेकी नेतृ शान्ता चौधरी, नेताद्वय गंगाराम भट्टराई र कुलबहादुर केसीले मनोनयन दर्ता गराएर फर्किएका थिए ।

Published : Monday, 2022 October 10, 11:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया