विकासप्रेमी राणा र महर्जनद्वारा मनोनयन दर्ता, ललितपुर– १ मा गठबन्धनका उम्मेदवार को–को ?
काठमाडौं । ललितपुरको क्षेत्र नं. १ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशम्शेर राणाले मनोनयन दर्ता गराएका छन् ।
प्रदेश सभाको निर्वाचन क्षेत्र नं. ‘ख’मा कांग्रेसको खेलकुद विभागका पूर्व सचिव मीनकृष्ण महर्जनले मनोनयन दर्ता गराएका छन् ।
कांग्रेसका नेता कार्यकर्तासहित राणा र महर्जनले निर्वाचन कार्यालयमा पुगेर सोमबार मनोनयन दर्ता गराएका हुन् ।
राणा र महर्जनले गठबन्धनका उम्मेदवारहरूलाई मतदान गरेर विजयी बनाउन अपील गरेका छन् ।
राणा र महर्जन विकासप्रेमी युवा नेताहरू हुन् । उनीहरूलाई यस पटक ललितपुर– १ का मतदाताहरूले मतदान गरेर विजयी बनाएमा विकास कसरी गर्नुपर्छ भनेर उदाहरण नै दिने योजना बनाएका छन् ।
हुन त पद नहुँदा पनि राणा र महर्जनले ललितपुरको विकासमा आफूलाई सधैँ अगाडि राखेका छन् ।
गठबन्धनको तर्फबाट माओवादी केन्द्रका हरि दाहालले ‘क’मा मनोनयन दर्ता गराएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया