विकासप्रेमी राणा र महर्जनद्वारा मनोनयन दर्ता, ललितपुर– १ मा गठबन्धनका उम्मेदवार को–को ?

काठमाडौं । ललितपुरको क्षेत्र नं. १ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशम्शेर राणाले मनोनयन दर्ता गराएका छन् ।

प्रदेश सभाको निर्वाचन क्षेत्र नं. ‘ख’मा कांग्रेसको खेलकुद विभागका पूर्व सचिव मीनकृष्ण महर्जनले मनोनयन दर्ता गराएका छन् ।

कांग्रेसका नेता कार्यकर्तासहित राणा र महर्जनले निर्वाचन कार्यालयमा पुगेर सोमबार मनोनयन दर्ता गराएका हुन् ।

राणा र महर्जनले गठबन्धनका उम्मेदवारहरूलाई मतदान गरेर विजयी बनाउन अपील गरेका छन् ।

राणा र महर्जन विकासप्रेमी युवा नेताहरू हुन् । उनीहरूलाई यस पटक ललितपुर– १ का मतदाताहरूले मतदान गरेर विजयी बनाएमा विकास कसरी गर्नुपर्छ भनेर उदाहरण नै दिने योजना बनाएका छन् ।

हुन त पद नहुँदा पनि राणा र महर्जनले ललितपुरको विकासमा आफूलाई सधैँ अगाडि राखेका छन् ।

गठबन्धनको तर्फबाट माओवादी केन्द्रका हरि दाहालले ‘क’मा मनोनयन दर्ता गराएका छन् ।

Published : Monday, 2022 October 10, 11:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया