रामहरि खतिवडाद्वारा मनोनयन दर्ता, ओखलढुंगामा प्रदेशतर्फ क–कसले पाए टिकट ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले ओखलढुंगाबाट प्रतिनिधि सभातर्फ प्रत्यक्षमा उम्मेदवारी मनोनयन गराएका छन् ।

खतिवडाले आइतबार तोकिएको समयभित्र निर्वाचन कार्यालय ओखलढुंगामा मनोनयन दर्ता गराएको ओखलढुंगा कांग्रेसले जनाएको छ ।

प्रदेश निर्वाचन क्षेत्र ‘क’मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप सुनुवारले मनोनयन दर्ता गराएका छन् ।

प्रदेशकै निर्वाचन क्षेत्र नं. ‘ख’मा माओवादी केन्द्रका बाबुराम गौतमले मनोनयन दर्ता गराएका छन् ।

गठबन्धनतर्फ ओखलढुंगामा कांग्रेसले प्रतिनिधि सभा र एक प्रदेश सभा निर्वाचन क्षेत्र पाएको छ । माओवादीले एउटा प्रदेश सभातर्फ निर्वाचन क्षेत्र पाएको छ ।

मनोनयन दर्ता गराएपछि पत्रकारहरूसँग कुरा गर्दै खतिवडाले कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धनको जित सुनिश्चित रहेको बताएका छन् । उनले गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्न अपील गरेका छन् ।

नेता खतिवडाले पार्टीभित्रको सबै तिक्तताहरू भुलेर निर्वाचन होमिन कांग्रेसका नेता कार्यकर्ताहरूसँग आग्रह गरेका छन् ।

खतिवडाले ओखलढुंगा कांग्रेसका अग्रज नेताहरूलाई पनि स्मरण गरेका छन् ।

Published : Monday, 2022 October 10, 9:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया