दाङमा वर्षातले ठूलो जोखिम, डुबान हुन सुरु, महेन्द्र राजमार्गसहितका सडक अबरुद्ध
घोराही । असोज १८ गते रातिदेखि परेको अबिरल वर्षातका कारण दाङ जिल्ला जलमग्न भएको छ ।
शुक्रबार दाङका अधिकांश सडकहरु प्हिरोका कारण अबरुद्ध भएका छन् । दाङ र कपिलवस्तुको सिमाना धानखोला नजिकै बिजुलीको पोल ढल्नुका साथै पहिरो गएर सडक अबरुद्ध भएको छ ।
पूर्वपश्चिम महेन्द्र राजमार्गको धानखोला क्षेत्रको पहिरोले सवारी साधनको लामो जाम भएको छ ।
घोराहीदेखि लमही सडक खण्डमा पनि पहिरो गएको छ । मुसोटको उकालोमा गएको पहिरोले सडक अबरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख (ईन्स्पेक्टर) झविन्द्र परियारले बताएका छन् । ईमिलियादेखि तुलसीपुरको सडकमा पनि पहिरोका कारण अबरुद्ध भएको छ ।
दाङका अबरुद्ध सडकहरु खुलाउने प्रयास भइरहेको ट्राफिक प्रमुख परियारले बताएका छन् ।
उता, देउखुरीमा पनि वर्षातका कारण डुबान सुरु भएको छ । राप्ती गाउँपालिकाको लठ्ठहवा र पहरवामा पनि डुबान सुरु भएको छ ।
लमही नगरपालिकाका केही स्थानमा पनि डुबान भएका छन् । गढवा गाउँपालिकाका अधिकांश स्थान जलमग्न भएका छन् । जेठानगाउँसहितका स्थानमा डुबान भएको छ ।
तुलसीपुरभन्दा पश्चिम र दक्षिणतर्फ पनि वर्षातले डुबान सुरु गरेको छ ।
वर्षातका कारण कच्ची घरहरु भत्किने अवस्थामा पुगेका छन् । जनजीवन संकटपूर्ण हुन थालेको छ ।
दाङका सुरक्षाकर्मीहरुले उच्च सतर्कताका साथ बसेका छन् । वर्षातले डुबान वा क्षति भएको स्थानमा तत्काल पुगेर उद्धार गर्ने कार्यहरु पनि गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया