यस कारण देउवाले दशैँको टीका लगाएनन्, यी नेताहरुले मनाए दशैँ

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दशैँको टीका र जमरा लगाएनन् ।

देउवाले यस पटक भ्रातृशोकमा रहेका कारण टीका नलगाएका हुन् । देउवाले टीका नलगाएको र अरुलाई पनि टीका नलगाइदिएका हुन् ।

प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन ।

भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले परिवारका अन्य सदस्यलाई पनि टीका नलगाइदिएका हुन् ।

कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, प्रवक्ता डा.प्रकाशशरण महत, केन्द्रीय सदस्य एवम् गृहमन्त्री बालकृष्ण खाण, मोहनबहादुर बस्नेत, टेकबहादुर गुरुङ, रोमी गौचन थकाली, सरिता प्रसाइँ, रामहरि खतिवडा, उदयशम्शेर राणा, योगेन्द्र चौधरी, बागमती प्रदेश कांग्रेसका सभापति ईन्द्रबहादुर बानियाँ, लुम्बिनी कांग्रेसका उपसभापति राजु खनाल, युवा नेता मीनकृष्ण महर्जनसहितका नेताहरुले पनि दशैँ मनाएका छन् ।

Published : Wednesday, 2022 October 5, 6:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया