रोशनी काण्डमा सभामुख गुमाएका महराको नाम काटियो

काठमाडौं । माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले आफ्नो नाम समानुपातिक सूचीबाट फिर्ता लिएका छन् ।

माओवादीका उपाध्यक्ष समेत रहेका महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाइएको छ ।

माओवादीले महराको नाम बन्द सूचीबाट अन्तिम समयमा हटाएको छ । रोशनी काण्डमा परेर सभामुख पद फुत्काएका महरा प्रत्यक्षतर्फ उम्मेदवार बन्छन् कि बन्दैनन् केही खुलाइएको छैन ।

दाङको क्षेत्र नं. २ बाट २०७४ सालको निर्वाचनमा निर्वाचित भएका महरा यौनकाण्डमा परेपछि सभामुख रहेका बेला कारागार चलान भएका थिए । विवादित छविका महराले अब के गर्छन् केही भनिएको छैन ।

दाङ क्षेत्र नं. २ बाट एमालेले महासचिव शंकर पोखरेललाई उम्मेदवार बनाएको छ । पोखरेल पनि बलिया उम्मेदवार होइनन् । कांग्रेसको पकड रहेको यो क्षेत्रमा माओवादीले दाबी गर्दै आएको छ ।

२०४८ सालदेखि लगातार टिकट पाएका र जितेका महरालाई समानुपातिकमा राखिएकोमा आलोचना भएको थियो ।

Published : Monday, 2022 October 3, 9:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया