दसैँका अवसरमा मुस्लिम आयोगमा विशेष कार्यक्रम, अन्सारीले दिए शुभकामना

काठमाडौं । मुस्लिम आयोगले हिन्दू धर्मालम्बीहरूको महानपर्व दसैँका अवसरमा शुभकामना दिएको छ ।

बिहीबार आयोगको मुख्यालय ललितपुरको जावलाखेलमा आयोजित विशेष कार्यक्रममा अध्यक्ष समिम मियाँ अन्सारीले दसैँ पर्वका अवसरमा शुभकामना दिएका हुन् ।

काठमाडौं महानगरपालिकाकी उप–मेयर सुनिता डंगोल, दलित आयोग, समावेशी आयोग, ललितपुरका प्रहरी प्रमुखलगायतको उपस्थितिमा आयोजित कार्यक्रममा अध्यक्ष अन्सारीले सबै जातजाती र धर्म संस्कृतिका कारण नेपालको भ्रातृत्व मिलेर बसेको बताए । उनले सबै जतजातीका लागि नेपालमा स्थान रहेको बताए ।

आयोगका अध्यक्ष अन्सारीले सबैको धर्म र संस्कृति आ–आफ्नै रहे पनि मिलेर बसेको भन्दै सोही कुराले नेपाल विशिष्ट अवस्थामा रहेको बताए ।

कार्यक्रममा शुभकामना दिन सबै वक्ताहरूले कुनै पनि धर्म विशेषलाई भन्दा पनि नेपालीहरूले आ–आफ्नो पहिचानलाई बचाएर राखेकै कारण नेपाल विश्वमा उत्कृष्ट रहेको बताएका छन् ।

Published : Friday, 2022 September 30, 9:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया