गगनले आफ्नो क्षेत्रमा शक्तिशाली तागत देखाए, यस कारण कांग्रेसले जित्ने संकेत देखियो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र विद्रोह गर्ने बेला आएको बताएका छन् ।

शुक्रबार काठमाडौं–४ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा थापाले कांग्रेसभित्र शुद्धीकरण अभियान चलाउनुपर्ने बेला आएको बताए ।

‘पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको छ’, महामन्त्री थापाले भने, ‘आफ्नै पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको छ ।’

उनले भने, ‘पार्टीलाई ठीक ठाउँमा पु¥याउनुपर्ने बेला आएको छ । नभए त पार्टी त केवल सत्ताको हतियारमात्र हुनेभयो ।’
‘के–को लागि पार्टी बनाएको भन्दा त चुनाव जित्नमात्रै भयो’, उनले भनेका छन् ।

यसैबीच, थापाले नवप्रवेशी कसलाई पनि निराश नबनाउने बताएका छन् । ‘तपाईंले मेरो तगत बढाउनुभएको छ’, उनले भने, ‘एक जनाको नि निकै महत्व छ ।’

कार्यक्रममा महामन्त्री थापाले एमालेसहित विभिन्न राजनीतिक दलका नेता कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराएका छन् । थापाले ४ सयभन्दा धेरै नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएको कार्यक्रममा जानकारी दिइएको छ ।

Published : Friday, 2022 September 30, 12:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया