गुमाउने गुरुले हो, गगनले होइन : गोकुल बास्कोटा
काठमाडौं । एमालेका नेता गोकुल बास्कोटाले नेपाली कांग्रेसका महामन्त्री गगन थापाका कारण गुरु घिमिरेले मूल्य चुकाउनुपर्ने टिप्पणी गरेका छन् ।
बुधबार बास्कोटाले ट्वीट गरेर गगन थापाले आफ्नो राजनीति बचाउन चुपचाप पछाडि बसेर गुरु घिमिरेहरूलाई अगाडि सारेको बताएका छन् । कांग्रेसभित्रको यो लडाइँमा गगनलाई कुनै नोक्सानी नहुने बरु गुरु घिमिरेले नै मूल्य चुकाउनुपर्ने एमाले नेता बास्कोटाले उल्लेख गरेका छन् ।
‘कांग्रेसमा गगनले आफ्नो रक्षाको राजनीति गरेको देखियो जुन अक्सर नेपाली नेताहरुले गर्दै आएको सनातनी कर्म हो’, एमाले नेता बास्कोटाले भनेका छन् ।
‘तर चुपचाप र शान्त देखिने गुरू घिमिरेले दलीय राजनीतिको वास्तविक मर्म रक्षाको राजनीति गरेको देखियो’, उनले भनेका छन् ।
‘गुमाउन त गुरुले नै गुमाउछन् तर, गगनसामु गुरुले स्पस्ट रुपमा काडा छाप छोड्ने भए’, एमालेका नेता बास्कोटाले भनेका छन् ।
महामन्त्री गगनले गुरु घिमिरेलाई मोहरा बनाएर सभापति शेरबहादुर देउवाविरुद्ध सडक आन्दोलन गराएका छन् । गगनको यो अभियोनमा नेता शेखर कोइरालाले साथ दिएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया