कांग्रेसले ल्याइदिएको रेल चढ्न आएका ओलीलाई कालोझण्डा

जनकपुर । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई जनता समाजवादी पार्टी, नेपाल र नेकपा (एकीकृत समाजवादी)का कार्यकर्ताले कालोझण्डा देखाएका छन् ।

शनिबार जनकपुरको विमानस्थलमा उत्रिएका ओलीलाई जसपा र एसका कार्यकर्ताले कालोझण्डा देखाएका हुन् । प्रहरीले कालोझण्डा देखाउने कार्यकर्तालाई हस्तक्षेप गरेर ओलीको नजिक जान दिएन ।

ओली जनकपुर विमानस्थलबाट जनकपुर– जयनगर रेल चढ्न जाने क्रममा जसपा र एकीकृत समाजवादीका कार्यकर्ताले कालोझण्डा देखाएका हुन् ।

जनकपुर विमानस्थलबाट ओली गाडीमा अगाडि बढेपछि नजिकै सडकमा कालो झण्डा लिएका युवा देखिएका थिए ।

ओली सवार गाडी अगाडि बढेपछि कालोझण्डा देखाउनेहरूलाई साइड लगाइएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले बताएका छन् ।

ओलीलाई रेल्वे स्टेसन नजिक पनि केही युवाहरूले कालोझण्डा देखाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्नुमा एमालेको मुख्य भूमिका रहेको भन्दै मधेशका विभिन्न जिल्लामा विरोध भइरहेको छ ।

धनुषाको विदेह नगरपालिकास्थित तीनकौरियामा पार्टी प्रवेश कार्यक्रममा जान ओली रेल चढेर महिनाथपुर स्टेशनसम्म रेल चढेर पुगेका छन् ।

यसअघि भदौ २७ गते जनकपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा आउँदा नागरिकता विहीन युवाहरूको समूहले कालो झण्डा देखाएका थिए ।

जनकपुरको रेल तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ल्याइदिएका हुन् । अहिले त त्यो रेलको मर्मत सम्भार र लिक बनाइएको मात्रै हो । ओली र एमालेले जनकपुरको रेल आफूले बनाएको भनेर गलत प्रचार गरिरहेका छन् ।

Published : Saturday, 2022 September 24, 10:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया