ईन्स्पेक्टरसहितका पदमा ठूलो संख्यामा जागिर खुल्यो
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले अधिकृत तहमा भर्ना खुलाएको छ ।
७९ जना सशस्त्र प्रहरी निरीक्षक (ईन्स्पेक्टर) र ८३ जना सशस्त्र प्रहरी सहायक निरीक्षकमा भर्ना खुलाएको छ ।
प्रहरीको मानव स्राेत विभाग , मानव स्राेत निर्देशनालय भर्ना तथा छनाेट शाखा स्वयम्भूले शुक्रवार सूचना प्रकाशित गर्दै नयाँ भर्नासम्बन्धी आवेदन माग गरेको हो ।
सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको साधारण समूह , साधारण उपसमूह र कानून उपसमूहतर्फ खुला प्रतियोगिताद्वारा पदपूर्तिका गर्न आवेदन माग गरेको जनाएको छ । प्रहरीले कात्तिक ६ गतेसम्म आवेदन फारम भर्ने समय तोकेको छ ।
माग गरिएकामध्ये सशस्त्र प्रहरी निरीक्षक साधारण उपसमूह ७१ जना र कानुन उपसमूहमा ८ जना गरी ७९ जना छ भने सशस्त्र प्रहरी सहायक निरीक्षक साधारण उपसमूह ८३ जना छन् ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया