भण्डारीले संविधानमा भ्वाङ पारेपछि कांग्रेसका खतिवडाले गराए सचेत

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानलाई च्यातेको भन्दै आलोचना गरेका छन् ।

उनले भनेका छन्, ‘राष्ट्रपतिले जे गर्ने संविधानअनुसार गर्नुपर्छ, संविधान बाहिर त जे गरे पनि मान्य हुन्न ।’

‘कुनै पार्टीको होइन राष्ट्रको राष्ट्रपति हुनका लागि सम्मानित विद्यादेवी भण्डारीलाई सबैले अनुरोध गरौं’, खतिवडाले भनेका छन् ।

‘संविधान बिरोधी कामको बिरोध गरौं’, खतिवडाले भने, ‘अहिले संविधान च्यात्ने काम राष्ट्रपतिबाट नै भयो ।’

नागरिकता विद्येयकलाई भण्डारीले जारी गर्न नमानेपछि संविधान उल्लंघन गरेको भनेर देशभरि आलोचना भएको छ ।

भण्डारीको एमाले र केही राजावादीहरूले मात्रै समर्थन गरेका छन् ।

Published : Wednesday, 2022 September 21, 11:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया