भण्डारीले संविधानमा भ्वाङ पारेपछि कांग्रेसका खतिवडाले गराए सचेत
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानलाई च्यातेको भन्दै आलोचना गरेका छन् ।
उनले भनेका छन्, ‘राष्ट्रपतिले जे गर्ने संविधानअनुसार गर्नुपर्छ, संविधान बाहिर त जे गरे पनि मान्य हुन्न ।’
‘कुनै पार्टीको होइन राष्ट्रको राष्ट्रपति हुनका लागि सम्मानित विद्यादेवी भण्डारीलाई सबैले अनुरोध गरौं’, खतिवडाले भनेका छन् ।
‘संविधान बिरोधी कामको बिरोध गरौं’, खतिवडाले भने, ‘अहिले संविधान च्यात्ने काम राष्ट्रपतिबाट नै भयो ।’
नागरिकता विद्येयकलाई भण्डारीले जारी गर्न नमानेपछि संविधान उल्लंघन गरेको भनेर देशभरि आलोचना भएको छ ।
भण्डारीको एमाले र केही राजावादीहरूले मात्रै समर्थन गरेका छन् ।
Published : Wednesday, 2022 September 21, 11:00 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया